के आई सिंह गाउँपालिकाका कृषी समुहको अनुगमन

तेजु ओली/डोटी-के आई सिंह गाउँपालिकाका कृषी समुहको अनुगमन गरिएको छ ।डिसिए नेपाल को आर्थिक सहयोगमा सम विकास केन्द्र इडिसी डोटी द्वारा संचालित भैरहेको साकार परियोजनाले संचालन गरेका गतिबिधि को संयुक्त रुपमा अनुगमन गरिएको हो। आज के आइ सिंह गाउँपालिका वडा नं ६ र ७ मा संचालित बिभिन्न आमा समुह, कृषक समुह हरुले गरेका क्रियाकलाप को संयुक्त रुपमा अनुगमन गरेको हो ।

 

पछिल्लो समयमा स्थानीय खेति पाती भन्दा बढि तरकारी खेति प्रति आकर्षित भएका छन । पहिला भन्दा गाउँ पालीका को र विभिन्न संस्थाले महिला का क्षेत्रमा काम गर्न थालेपछि महिला हरु ससक्त बन्दै गएका छन्। मान्छे को मुखनिर परिचय दिन पनि लजाउने महिलाहरु अहिले योजनाका अध्यक्ष समेत भएर राम्रो काम गरिरहेका वडा नं ७ का वडा अध्यक्ष हर्क बहादुर बिष्ट ले बताउनुभयो।

Sayalb

उक्त अनुगमन मा के आइ सिंह गाउँ पालिका वडा नं ६ का अध्यक्ष दिप बहादुर बलाएर , वडा नम्बर ७ का अध्यक्ष हर्क बहादुर बिष्ट , कृषि साखा प्रमुख यगेन्द्र बहादुर रावल ,संस्थाका कर्मचारी स्थानीय लगायतको टिमले संयुक्त रुपमा अनुगमन गरेको इडिसीका कार्यक्रम संयोजक रमेश भुलले बताउनुभयो।

Shaileshwori
Loading...