डोटीमा लैङ्गिक संवेदनशील रिपोर्टिङ सम्बन्धी तालिम दिईयाे

माेहन ठकुल्ला डाेटी-
डोटीमा लैङ्गकि संवेदनशील रिपोर्टिङ सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । सम विकास केन्द्र नेपाल (ईडिसी) डोटी र एक्सनएड नेपाल को सयुक्त आयोजनामा सञ्चालित द महिला नेटवर्क परियोजना अन्तर्गत दिपायल स्थित बर्षा हाेटलको साेमबार बाट सुरु भएको दुई दिने अभिमुखिकरण तालिम मंगलबार सम्म जिल्ला स्थित संचारमाध्यममा कार्यरत पत्रकारलाई प्रदान गरिएकाे सम विकास केन्द्र (ईडिसी) नेपालका कार्यक्रम संयोजक केसब परियारले जानकारी दिनुभयो ।
पत्रकारीता क्षेत्रमा रिपोर्टिङ एक महत्त्वपूर्ण क्षेत्र भएकाले लिङ्गको आधारमा रिपोर्टिङ गर्दा बन्नुपर्ने बसंवेदनशीताकाे बारेमा तालिमा प्रशिक्षण दिईएकाे थियाे ।
रिपोर्टिङ गर्ने क्रममा विभिन्न किसिमका व्यावधान आउन सक्ने भएकोले ठाउँ समय र परिबेश अनुसार संवेदनशील बनेर समाचार सम्प्रेषण गर्नुपर्ने प्रशिक्षक उन्नति चौधरी बताउनु भएकाे छ ।

समाजका हरेक क्षेत्रमा लैङ्गकि संवेदनशील वातावरण हुन नसकेकोले त्यस्ता ठाउँकाे रिपोर्टिङ गरेर सम्बन्धित निकायलाई झकझक्याउनमा ठुलाे भुमिका संचार माध्यमकाे हुने भएकोले यस्ता बिषय बस्तुकाे उठान गरेर समाचार सम्प्रेषण गर्नमा जाेड दिनुपर्ने प्रशिक्षक चाैधरिले बताउनुभयो ।
समाचार संकलन गर्ने क्रममा पत्रकारले प्रयाेग गर्दै आएका शब्द , चयन, वाेलिन बिषय बस्तु देखि लिएर पितृसत्तात्मक साेचाईले पारेकाे प्रभाव, लिङ्गकाे आधारमा विभेद हुने सम्पूर्ण बिषयकाे बारेमा रिपोर्टिङ गर्ने कार्यक्रममा उपस्थिति पत्रकारहरुले प्रतिबद्धता जनाएका थिए ।
