केन्द्रीय कारागारमा एक सय जनामा कोरोना सँक्रमण

काठमाडौं,  भदौ १४

Sagan sahari bhawan nirman aayojana

जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्स्टाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । ‘दुई जनालाई सात दिनमै निको भइसक्यो’ उहाँले भन्नुभयो, लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लैजाने र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।

Shaileshwori
Loading...