कोभिड १९ प्रभावित समुदायको लागी आर्थिक पुर्नउत्थान परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्मपन्न

मोहन ठकुल्ला/डोटी- कोभिड १९ बाट प्रभावित समुदायको लागीआर्थिक पुर्नउत्थान परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्मपन्न भएको छ ।

उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको आयोजना, द लुथरन विश्व फेडरेसन नेपाल ,अष्ट्रेलियनएड र ईएलसिएको संयुक्त सहयोगमा आज सिलगढीमा उक्त कार्यक्रम समपन्न भएको हो ।

मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्धनका लागि सामुहिक प्रयास भन्ने मुल नाराका साथ पुर्विचौकि गाउँपालिका , सायल गाउँपालिका, जोरायल गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दश वटा समुदायमा रहेर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

समाजका बिपन्न वर्गको उत्थान तथा सशक्तीकरण गर्ने हेतुले समुदायका मानिसको जीवन स्तर सुधार गर्ने,विपन्न र गरिब परिवारका सदस्यलाई सीप मुलक कार्यक्रम तलिम दिने, स्थानिय स्रोत साधनको परिचालन गरि विकास निर्माणमा टेवा पुर्याउने जस्ता कार्य परियोजनाले गर्दै आएको कार्यक्रमका संयोजक भक्तराज उपाध्यायले बताउनुभयो ।

Sayalb

समाजका बिपन्न वर्गका विद्यार्थीको जीवन स्थर उकास्नको लागि आर्थिक सहयोग, स्थानिय तहका विभिन्न ठाउँहरूका समुदायमा साना घरेलु उद्योग, व्यापार , ऋण सहकारी संस्था स्थापना आदि गरेको उपाध्यले बताउनु भयो ।

परियोजनाबाट कपडा सिलाउने मेसिन पाएकाले अलिकति भए पनी सहज भएको शिखर नगरपालिका १ तलकोटकि गौरि तमराकारले बताईन्

कोभिड प्रभावित समुदायलाई चाहिए जति सहयोग गर्न नसके पनी संस्थाले गर्न सक्ने सम्पूर्ण सहयोग गरिरहेका सामुदायिक उपेक्षित सशक्तीकरण तथा विकास मञ्च डोटीका अध्यक्ष टीका सिं नेपालीले बताउनुभयो। परियोजनाले समाजमा रहेका सबै पिछडिएका बर्गको जिविकोपार्जन तथा महिलाहरुको क्षमता विकास जस्ता कार्य गर्दै आएको अध्यक्ष नेपालीले बताउनुभयो ।

मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्धनका लागि सामुहिक प्रयास गर्ने उद्देश्यका साथ २०६२ सालमा उक्त संस्थाको स्थापना भएको सामुदायिक उपेक्षित सशक्तीकरण तथा विकास मञ्चले जिल्लाका अधिकांश स्थानीय तहहरुमा, महिला सचेतना,समुदायमा आधरित सीप विकास तालिम, सहयोग लगायतका विभिन्न पक्षमा काम गर्दै आएको छ ।

Shaileshwori
Loading...