जोरायल बचत तथा ऋण सहकारी संस्थाको १९ औँ साधारण सभा सम्पन्न

शिव ओली, डोटी
डोटीको जोरायल गाउँपालिकाकामा रहेको जोरायल बचत तथा ऋण सहकारी संस्थाको १९ औँ साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । रामपुर नमुना माध्यमिक विद्यालयमा सहकारी संस्थाको साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष लालबहादुर मल्लको अध्यक्षतामा सम्पन्न साधारण सभा कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा प्रमुख अतिथि रहनुभएको थियो । वडा नं। २ का अध्यक्ष मान बहादुर मल्ल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू सहित संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

Sayalb

संस्थाका अध्यक्ष मल्लले अहिलेसम्म संस्थामा २ सय भन्दा बढी सदस्य रहेका र शेयर पुँजी मात्र २ करोड रुपैयाँ भन्दा बढी रहेको वार्षिक प्रतिवेदन बाट उल्लेख गर्नुभएको थियो । साधारण सभा कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले गाउँपालिका भित्रका विपन्न परिवारलाई ऋण प्रवाह गरी नयाँ कामको थालनी गर्न उल्लेखनीय सहयोग गरेको बताउँदै सहकारी संस्थालाई धन्यवाद समेत दिनुभएको थियो ।

साधारण सभाको कार्यक्रममै बचत गर्ने तथा समयमै ऋण चुक्ता गर्ने शेयर सदस्यहरूलाई प्रमाण पत्र सहित धन्यवाद ज्ञापनका साथ सहकारीले सम्मानित समेत गरेको छ ।

Shaileshwori
Loading...