जिल्ला प्रहरी कार्यालय डोटीद्धारा घरेलु मदिरा बरामद

डोटी-जिल्ला प्रहरी कार्यालय डोटीले घरेलु मदिरा बरामद गरेको छ ।
आज बाजुरा जिल्ला वुढीनन्द नगर पालिका वडा न.९ पाण्डुसैन घर भई हाल जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका ७ स्थित सडक खण्डमा अस्थाई टहरा बनाई बस्ने मान बहादुर थापा बाट ६०लिटर, लक्ष्मी गुरुङबाट ४५ लिटर, अनिता बोगटीबाट ३० लिटर र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर, गरि जम्मा १७० लिटर लोक्कल मदिरा छ्याङ बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Sayalb

अवैध घरेलु मदिराकै कारण समाजमा हिंसा, हत्या, बलात्कारलगायत जघन्य आपराधिक घटना हुने शान्ति सुरक्षामा खतरा पुग्ने, एक आपसमा द्वन्द्व तनाव सिर्जना हुने समुदायलाई नै नकारात्मक असर पर्ने भएकाले घरेलु मदिरा न्यूनीकरण गरी शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरीले बेला बेलामा जिल्ला प्रहरी कार्यालय डोटी लगायत मातहतमा रहेका प्रहरी चौकीहरूले अवैध घरेलु मदिरा नष्टको अभियान सञ्चालन गर्दै आएको छ ।

Shaileshwori
Loading...