मेल्लेखमा अदुवा खेति बिस्तार कार्यक्रम लाई व्याबसायिकरण गरिदै

लाल बहादुर चदारा/अछाम-अछामको मेल्लेख गाउपालिका वडा न. ४ कुस्कोट को गाज्रा मा अदुवा खेती विस्तार कार्यक्रम लाई व्यावसायिक रुपामा अगाडि बढाएको छ ।
नेकपा माओवादि केन्द्र मेल्लेख संगठन कमिटी का अध्यक्ष समेत रहेका ज्वालासिंह साउदले अदुवा खेती बिस्तार कार्यक्रम लाई व्यावसायिक रुपमा अगाडि बढाएको हो ।

उहाले आफ्नो उत्पादन लाई व्यावसायिक करण गरि समुदाय मा कृषि उपच बाट मनग्गे आम्दानि लिन सकिने भन्दै अदुवा खेति सुरुवात गरेको बताएका छन ।नगदे बालिको रुपमा रहेको अदुवा खेति पुरानो खेती प्रणाली लाई अधुनिकरण गरि आफ्नो श्रोत साधान र श्रम को उचित प्रयोग गरि पुजि बढाउनु पर्ने मा जोडदिनु भएको छ ।
साउदले आफुले एकीकृत व्यावसायिक कृषि फम दर्ता गरि आफ्नै बारिमा अदुवा खेति गरिरहनु भएको छ ।आफ्नै वारि बाट मनग्ये आम्दानि लिन सकिने भन्दै उहाले कुस्कोट को गाज्रामा ७ रोपनि भन्दा बढि जमिन मा अदुवा खेति गरेका छन ।
मेल्लेख कृषि बिकास शाखा बाट १ लाख को स्वअनुदान र बाकि आफ्नै लगानीमा १० कुण्डल अदुवा लगाउनु भएको थियो ।१० कुण्डल अदुवा बाट अनुमानित ५० कुण्डल को हाराहारीमा अदुवा बीउ उत्पादन हुनसक्ने बताएका छन । साउदले पहिलो बर्ष मेल्लेख गाउपालिका कृषक हरुला बिउ को रुपमा बितरण गरि अदुवा पकेट क्षेत्र को रुपमा विस्तार को विकास गरिसके पछि मात्रै बजारिकरण गरिने बताएका छन । लामो समय सम्म राजनिती मा हुमियका साउद ले आफ्नो राजनीतिक संगै कृषि क्षेत्रमा पनि उदाहरणीय काम गरेका छन ।
उहाँले गरेको काम बाट रोजगारिको शिलशिला मा बाहिर जाने युवा हरुका लागि पनि सकाई भएको छ ।कृषि क्षेत्रमा मा पनि लगानी लगाए , आधुनिक र नयाँ ढंग बाट खेती पप्रणाली को सुरुवात गरे युवा हरुले पनि बिदेशिनु नपर्ने उहाँको भनाइ छ ।
सो अदुवा खेति को आज मेल्लेख कृषि बिकास शाखा बाट अनुगमन समेत गरेको छ । कृषि बिकास शाखा का नायब प्राबिधिक सहायक सुमन चौधरि समाजसेवी युवा तथा नेकपा माओवादि केन्द्र का जिल्ला कमिटी सदस्य गंभिर साउद पत्रकार सहित को टोलिले सो अदुवा पकेट क्षेत्र को अनुगम गरेको छ । अरु बालि भन्दा नगदे बालि बाट फाइदा लिन सकिन देखिएको छ ।
