प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक र रिभरसाईड भिड्ने

डोटी-प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक र रिभरसाईड दिपायल भिड्ने भएका छन्।
आज भएको सेमिफाइनलमा आयोजक देबेन्द्र युवा क्लबले सेती प्रादेशिक शिक्षालय दिपायल लाई र रभिर साईड दिपायलले शैलेश्वरी युवा क्लबलाई हाराउदै फाईनलको यात्रा तय गरेका हुन्।फाईनल खेल पर्सि सुक्रबार हुने आयोजक समिति सदस्य गणेश बमले जानकारी दिनुभयो।

देवेन्द्र खड्काको स्मृतिमा दिपायल सिलगढी नगरपालिकामा रहेको टुँडिखेल मैदानमा यहि पुस १६ बाट सुरु भएको प्रतियोगिता सुरु भएको हो।खेलमा जम्मा १२ ओटा टिमको सहभागीता रहेको आयोजक देबकोटा क्रिकेट क्लबले डोटीले जनाएको छ ।
नक आउट सिस्टम अनुसार खेलाईएको उक्त खेलमा एल बी डब्लु बाहेक आईसीसीको नियम रहेको बताईएको छ ।
खेलमा प्रथम पुरुस्कार १ लाख ११ हजार १ सय ११ मेडल, ट्रफी,सहित प्रमाणपत्र र दित्तिय पुरुस्कार ५० हजार ५ सय ५५, मेडल, ट्रफी, सहित प्रमाणपत्र दिईने आयोजकले जनाएको छ
