प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेटको उपाधी रिभरसाईड लाई

डोटी-जिल्ला स्तरिय प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी रिभरसाईड क्रिकेट क्लबले हात पारेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको रिभरसाईड क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको आयोजक देवकोटा युवा क्लब (ए)ले १८.४ आभरमा आफ्ना सबै विकेट गुमाउँदै ८० रन मात्र बनाएको हो। अयोजक देवेन्द्र युवा क्लब (ए) सिलगढी ८० रनले पराजित भएको छ।

Sayalb

जित संगै रिभरसाईड क्रिकेट क्लबले १ लाख १ हजार १ सय ११ मेडल, ट्रफी, प्रमाणपत्र हात पारेको छ भने आयोजकले ५० हजार ५ सय ५५, मेडल, ट्रफी, सहित प्रमाणपत्रमा प्राप्त गरेको छ ।

लिग सिस्टम अनुसार खेलाईएको उक्त खेलमा एल बी डब्लु बाहेक सबै आईसीसीको नियम रहेको आयोजकले बताएको छ। पुस १६ बाट सिलगढी स्थित टुडिखेल खेल मैदानमा सुरु भएको प्रतियोगितामा जम्मा १२ ओटा टिमको सहभागीता रहेको थियो।

गत वर्ष कोभिड १९ का कारण ज्यान गुमाएका सफल निर्माण व्यावसायि देवेन्द्र खड्काको स्मृतिमा उक्त मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो।
निर्माण व्यावसायि संघ डोटीका महासचिव समेत रहनुभएका खड्काको प्रथम स्मृतिमा देवकोटा क्रिकेट क्लब डोटीले उक्त प्रतियोगिताको आयोजना गरेको थियो।

Shaileshwori
Loading...