सायल गाउँपालिकामा नेपाल टेलिकमको सेवा दिनहुँ अवरुद्ध

मोहन ठकुल्ला/डोटी – डोटीको सायल गाउँपालिका वडा नम्बर ४ र ६ मा नेपाल टेलिकमको सेवा एक वर्ष यता दिनहुँ अवरुद्ध हुँदै आएको स्थानियले गुनासो रहेका छन्।
टेलिकमको सेवा अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सम्बन्धि निकायलाई जानकार गराउदा पनि फोर जी लाइन जडान गरे देखि झनै नेपाल टेलिकमको सिम कार्डले काम गर्न छाडेको स्थानिय तेज बहादुर सिँहले बताए ।

Sayalb

एक वर्ष देखि टेलिकमले मोबाइल, फोरजी सेवा सुचारु गरे यता दिनमा कहिले ६ घण्टा त कहिले १० घण्टा सेवा अबरुद्ध हुने गरेको त्यहाँका अर्का स्थानिय चक्र बहादुर सिँहले बताउनु भयो ।

यो एकदमै चिन्ताको विषय हो तर हामिले एक वर्ष यतादेखि नै पटकपटक क्षेत्रीय कार्यालयलाई गुहार्दा पनि कुनै त्यो प्रति मतलब नराखेको सायल गाउँपालीकाका गाउँपालीका अध्यक्ष तेज बहादुर डुम्रेलले बताउनु भयो ।

Shaileshwori
Loading...