नेकपा एमाले डोटीको अध्यक्षमा मल्ल सर्वसम्मत चयन 

डोटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले डोटीको अध्यक्षमा चक्र मल्ल सर्वसम्मत चयन भएका छन् । आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका मल्ल सर्वसम्मत अध्यक्षमा चयन भएका नेकपा एमाले डोटीले जानकारी दिएको छ । 

त्यस्तै आजै उपाध्यक्ष मञ्जु मलासी, सचिब शेर बहादुर मल्ल, उपसचिब कृष्ण बहादुर खडका, उप सचिब तेज बहादुर डुम्रेलले जिम्मेवारी पाउनु भएको (नेकपा) एमाले डोटीले जानकारी दिएको छ । नेकपा एमाले पार्टीको अन्य सदस्यमा केहि ब्याक्ती चयन भइसकेका छन भने केहिको लागी अहिले भइरहेको छ । 

Sayalb

अधिवेशनमा मूल आयोजक कमिटिका १४८ जना तथा वडा–वडाबाट छनौट गरिएका ३८६ जना र मनोनित २७ जना गरी ४१३ जना प्रतिनिधीहरु सहभागि रहेका थिए।

अधिवेशनका लागि जिल्लाका ९ वटै पालिकाहरुबाट अधिकांश प्रतिनिधीहरु सहभागीरहेको जनाईएको छ ।

पार्टीको अधिवेशन दिपायल स्थीत सेती शभाहलमा सुक्रवार बाट भइरहेको छ ।

Shaileshwori
Loading...