शनिवार ४,६३६ जनामा कोरोना देखियो, सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

देशभर शनिवार ४ हजार ६ सय ३६ जनामा कोरोना देखिएको छ । दश हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय तीन र ४ हजार एक सय ४४ एन्टिजेन परीक्षण गर्दा नौ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ३५० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय ८४ छ । आज कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १७ पुगेको छ ।
