दिपायल सिलगढी नगरपालिका द्धारा न्यानु कपडा वितरण

तेजु ओली/डोटी– दिपायल सिलगढी नगरपालिकाले न्यानु कपडा वितरण वितरण गरेको छ ।
नगरपालिकाले आज घरमै पुगी वडा नम्बर १ र ९ वडाका प्रत्येक जेष्ठ नागरिक, बृद्धबृद्धा, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरि कम्मल बितरण गरेको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।


चिसो मौसमको बेला न्यानो कमल पाय पछि दिपायल सिलगढी नगरपालिका वडा ९ की पल्ल साउद खुसी भएकी छन। नगर प्रमुख मलासी ले कम्मल ओडाउँदा उनका आँखा रसाए । एक छोरा भए पनि सहारा बिहिन जस्तै बनेकी उनि एक्लै बस्छन । सारिरिक अवस्था कम्जोर हुदै गएपछि काम गर्न पनि सक्नु हुन्न । सरकारले दिने सामाजिक सुरक्षा भत्ता पनि आफुले नपाएर छोराबुहारीले खाने गरेको उहाले बताउनु भयो। न्यानो लुगा नहुदा चिसोले कठ्याङ्ग्रिएर बस्नु पर्ने अवस्था थियो अव यो कम्मल ओडेर सुत्न सक्छु ।उहाले भन्नु भयो।

Sayalb

पल्लो जस्तै ७० बर्ष कटेका जेष्ठ असाह्य,एकल लाइ आज दिपायल सिलगढी नगरपालिका वडा नं १ र ९ वडा का एक सय जनालाई लाई न्यानो कम्मल बितरण गरेको छ ।

त्यसतै १ नमबर वडाकी बाटु बिक ले नमयानो लुगा पाएर आफुलाइ राहात भएको बताउनु भयो। त्यसतै खाने पनिको समस्या भएकाले अहिले सम्म नदिको फोहर पानी खान बाध्य रहेको बताउनु भयो। हामिलाइ पानिको ब्याबस्थापन गरिदिए भोट दिएको काम लाग्यो भन्ने हुन्थ्यो उहाले बताउनु भयो।यसै बिषयमा बोल्दै नगर प्रमुख मन्जु मलासी ले चाडै खाने पानी को ब्याबस्था हुने बताउनु भयो।


नगरपालिकाका नौ वटै वडामा प्रत्येक वडाका जेष्ठ नागरिक, बृद्धबृद्धा, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरि कम्मल बितरण गर्ने गरेको नगर प्रमुख मलासीले बताउनुभयो ।
नगर पालिका का अन्य वडाले वर्षेनी न्यानो कपडा बितरण गर्दै आएको छ ।

Shaileshwori
Loading...