बिहिवार डोटीका ३३ जनामा कोरोना पुष्टि 

डोटी : डोटीमा बिहीबार ३३ जनामा कोरोना देखिएको छ । ३३ जना थप भएसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । सक्रिय कोरोना सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

Sayalb

डोटीमा ६८ हजार ७ सय ९८ जनाले कोरोना भाइरस विरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन् भने एक लाख २१ हजार एक सय ९३ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।

Shaileshwori
Loading...