सशस्त्र प्रहरीले गर्‍यो पिपल्ला बजार सरसफाइ

गणेश मौनी, डोटी 

डोटीको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको पिपल्ला बजारमा सशस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले सरसफाइ अभियान सञ्चालन गरेको छ ।

खप्तडको मुख्य प्रवेशद्वार सफा र सुन्दर हाम्रो पिपल्ला बजार भन्ने नाराका साथ बजार सरसफाइ गरिएको सशस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर डोटीका प्रहरी उपरीक्षक हर्क बहादुर बिस्टले बताए । उनले डोटीको मुख्य व्यापारिक केन्द्र पिपल्ला बजारलाई स्वच्छ सफा राख्नु सबैको दायित्व हो त्यसैले सबैलाई सक्रिय बनाई व्यापारीहरू पनि स्वतःस्फूर्त रूपमा सरसफाइ गर्नमा सक्रिय हुन भन्ने हेतुले अभियान सञ्चालन गरेको प्रहरी उपरीक्षक बिस्टले बताए ।

Sayalb

सशस्त्र प्रहरीले डोटीका मुख्य धार्मिक स्थलहरू शैलेश्वरी मन्दिर, सालमोनी मन्दिर, पिपल्ला बजारमा रहेको भगवती मन्दिर लगायतका सार्वजनिक स्थलहरूको सरसफाइ नियमित गर्दै आइरहेको छ भने विभिन्न सामाजिक चेतनामूलक अभियानमा समेत सहभागिता जनाउने गरेको पाइन्छ ।

पछिल्लो समयमा कोरोना कहर र भाइरल जरोका बिरामीहरू दिनानुदिन बढी रहेको अवस्थामा बजार घरआगन सरसफाइ हुन अति महत्त्वपूर्ण भएकाले बजार सर सपाइमा व्यापारीहरू पनि सहभागी भएको डोटी उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक बहादुर खड्काले बताए ।

बजार सरसफाइ अभियानमा डोटी उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, ट्राफिक प्रहरी, होटेल व्यवसायी, नगरपालिकाका जनप्रतिनीधीहरु लगाएको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...