डोटीमा राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा रक्तदान

Sayalb

गणेश मौनी  माघ १५ डोटी 
१६ औ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा डोटीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
‘रगत र रत्ततत्वहरु आवश्यकताअनुसार उपलब्ध हुन जति जरुरी छ त्यो भन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छ ’ भन्ने मूल नाराका साथ डोटीमा  पनि रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज डोटीका अध्यक्ष सुशील धर्तिले बताए । उनले भने आजको कार्यक्रममा  ४ जनाले रक्तदान गर्नुका साथै केही व्यक्तिहरूले रक्तदान गर्ने प्रतिबद्धता जनाएको समेत अध्यक्ष धर्तिले बताए ।
रक्तदान नै जीवन दान हो त्यसैले कुनै पनि व्यक्ति स्वस्थ रहन रक्तदान गर्नु आवश्यक रहेकोले रक्तदान गर्न चाहाने ब्यक्तिले सम्पर्क गर्न समेत अध्यक्ष धर्तिले जानकारी गराएका छन् ।
नेपाल रेडक्रस डोटीको कार्यालयमा भएको रक्तदान कार्यक्रममा रेडक्रसमा कार्यरत प्रकाश केसी, राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत उत्तम खड्का, डोटी बहुमुखी क्याम्पसमा कार्यरत फणीन्द्र साउद र पद्म पब्लिक मुुक्ती नारायणमा कार्यरत पदम पाठकले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ । रक्तदान कार्यक्रममा डोटी शाखाका पदाधिकारी, स्वास्थ्यकर्मि, नागरिक समाज, पत्रकार, राजनितीकदल समेतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...