Before Header
After Navigation

अझै भएन डोटीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना, सामाजिक सुरक्षा भत्ता लिनेको बैंकमा लर्को

डोटी- कोरोना भाईरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढिरहेको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी सामाजिक सुरक्षा भत्ता लिनेको यतिखेर बैंकमा लर्को लाईन छ ।
सरकारले सेवा पारदर्शी बनाउनको लागि सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरु बैंकमा मात्रै उपलब्ध गराउने भए पछि डोटीका अधिकांश बैकहरुमा स्वाग्राहिको बाक्लो भिडभाँड रहेको छ।

कोभिड १९ को तेस्रो भरियन्ट ओमिक्रोनको संक्रमण दिन प्रतिदिन फैलिरहेको छ । सरकारले सार्वजनिक स्थान लगायतका ठाउँमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएको छ । यस्तो बेला केहि दिन यता सिलगढीका राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकमा सेवाग्राहिको बाक्लो भिडभाँड छ । न भौतिक दुरि कायम छ न उचित तरिकाले मास्कको प्रयोग नै गरेको पाईन्छ ।

बिहान करिव दश बजे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेना बाट आएकी ७१ वर्षिय जगत्रा देवी साउद दिउँसो एक बजे सम्म नाम कतिखेर आउछ भन्दै पर्खाइमा हुनुहुन्थ्यो । ओमिक्रोनको डर भए पनी पेट पाल्न पैसा नै चाहिन्छ भोक भन्दा ठुलो केहि छैन उनले भनिन् ।

Sagan sahari bhawan nirman aayojana

त्यस्तै सामाजिक सुरक्षा भत्ता बुझ्न आएका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का सेवाग्राही सुरत कडारा पनी सबै सेवाग्राही जस्तै पालोको पर्खाईमा थिए ।

सरकारले वितरण गरेको सामाजिक सुरक्षा भत्ताले बृद्धबृदालाई सास्ती का साथै कोरोना सर्ने जोखिम झन बढ्दो मात्रामा रहेको छ । कोरोना माहामारिबाट बच्नु स्वास्थ सुरक्षाको मापदण्ड अपनाउनु पर्ने प्रत्येक व्याक्तिको दायित्व हो । सरकारले जनताको स्वास्थ सुरक्षाको लागि विभिन्न किसिमका मापदण्ड बनाए पनी जनता बाट नै यस्को पालना नभएको पाईएको छ।

केही दिन यता डोटीमा विभिन्न संघसंस्था समुहले कोरोनाको तेस्रो भेरियन्ट बाट वच्न मास्क वितरण तथा सचेतना मुलक कार्यक्रम गर्दै आएका छन्। तर पनी जताततै मान्छेको भिडभाड देखिँदा सरकार तथा संस्थाले गरेको कार्य सोचेजती प्रभावकारी हुन सकेको छैन्।

Shaileshwori
Loading...