Before Header
After Navigation

आइतवार डोटीका २० जनामा कोरोना पुष्टि 

Sagan sahari bhawan nirman aayojana

डोटीमा आइतबार २० जनामा कोरोना देखिएको छ । २० जना थप भएसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३ नमुनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । सक्रिय कोरोना सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् । तेस्रो चरणको कोरोना भाइरस फैलिएयता जिल्लामा सङ्क्रमित भएका १३ जना भने सङ्क्रमण मुक्त भैसकेका छन् ।

डोटीमा ६८ हजार ७ सय ९८ जनाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने एक लाख २१ हजार एक सय ९३ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।

Shaileshwori
Loading...