Before Header
After Navigation

एकल महिलाहरूका लागि स्थानीय सरकारले बजेट विनियोजित गर्नुपर्ने

गणेश मौनी,  डोटी 

एकल महिलाहरूका लागि स्थानीय सरकारकाले आवश्यक बजेट विनियोजित गरी कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

मानव अधिकारको लागि महिला एकल महिला समूह डोटीले बिहीबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको महिला सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरुसंगको त्रैमासिक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले गैरसरकारी संस्था भनेका सरकारका कार्यक्रमलाई सहयोग गर्ने सहयोगी निकाएहुन त्यसैले विभिन्न क्षेत्र, वर्ग र समूहका लागि आवश्यक बजेट स्थानीय तहले विनियोजन गरी कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको बताए ।

उनले भने स्थानीय सरकारकाले विभिन्न समूह महिला, बालबालिका, युवा, एकल महिला, दलित जनजातिका लागि आवश्यक बजेट विनियोजन गरी कार्यान्वयन गर्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै महिला अधिकार मञ्चकी अध्यक्ष सिता विकले स्थानीय सरकारले पनि एकल महिलाहरूलाई खासै हेर्न नसकेको गुनासो गरिन् । उनले भनिन स्थानीय सरकारले पनि एकल महिलाहरूका सवालमा ध्यान दिँदै आवश्यक बजेको व्यवस्थापन गर्नुपर्ने बत्ताइन् ।

स्थानीय तहले विनियोजित गर्ने बजेटमा लक्षित वर्ग मुखी बजेट विनियोजन गर्न नसकेको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ डोटीका कार्यक्रम व्यवस्थापक शङ्कर विश्वकर्माले गुनासो गरे । उनले भने स्थानीय तहले एकल महिला, हलिया, अपाङ्ग द्धन्दपीडीत जस्ता बर्गलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न नसकेको बताए ।

मानव अधिकारको लागि महिला एकल महिला समूह डोटीले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना सञ्चालन गरिरहेको जिल्ला परियोजना अधिकृत लक्ष्मी देउवा बमले बताइन । उनले

मानव अधिकारको लागि महिला एकल महिला समूह डोटीले डोटीको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा रहेका २९ जना एकल महिलाहरूलाई २० हजारका दरले बिउ पुजी र दुवै पालिकाका २० जना जनप्रतिनिधि महिलाहरूलाई ३० हजारमा दरले बिउ पुजी सहयोग गरी विभिन्न प्रकारका व्यापार व्यवसाय गरिरहेका समेत अधिकृत बमले बत्ताइन् । महिला हरूको आय आर्जमा सहयोग पुग्नुका साथै राजनीति क्षेत्रमा क्षमता अभिवृद्धि भई राजनीतिमा पनि महिलाहरूको सहभागिता वृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको समेत अधिकृत बमले बत्ताइन् ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा १ हजार १ सय ६५ जना र पुर्विचौकी गाउँपालिकामा १ हजार ६८ जना एकल महिला रहेका छन् ।

दुई वटा पालिकाको चालु आर्थिक वर्षको बजेट हेर्दा पुर्विचौकी गाउँपालिकाले ७  लाख र दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाले १ लाख ६० हजार रकम मात्र विनियोजन गरेको पाइएको छ ।

अन्तर्क्रिया कार्यक्रममा जिल्लामा महिला सम्बन्धी काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले गरेका गतिबीधीहरुको समीक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशील सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

Sagan sahari bhawan nirman aayojana
Shaileshwori
Loading...