
तेजु ओली/डोटी- कोभिड-१९ बिरुद्धको खोप समयमै लगाऔं, थप जटिलता हुनबाट बचौं र बचाऔं”भन्ने मुल उद्देश्यका साथ डोटीको प्रमुख ब्यापारिक केन्द्र दिपायलमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ ।
स्वास्थ्य कार्यालय डोटीको समन्वयमा स्थापना गरिएको हो । दिपायल सिलगढी नगरपालिका को सहयोगमा स्थापना गरेको डेस्कबाट कोभिड-१९ परीक्षण, कोरना विरुद्ध खोप सेवा,परामर्श सेवा उपलब्ध गराएको नगर प्रमुख मन्जु मलासी ले बताउनुभयो।
आज एक औपचारिक कार्यक्रमको आयोजना गरि सेवा दिन सुरु गरेको हो । उक्त कार्यक्रममा बोल्दै
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलाएका स्वास्थ्य निर्देशक जगदिज जोसी ले सामाजिक सुरक्षाका मापदण्ड पालनामा गर्नु पर्ने,माक्स ,सेनिटाइजर लगायतका सावधानी अपनाए कोरना बाट बच्न सक्ने भएकाले सबैलाइ यि मापदण्ड अपनाउनु निर्देशन दिनुभएको छ। खोपको उपलब्धता संघिय सरकार बाट हुने भएकाले समन्वय गरेर सत प्रतिशत लाइ खोप दिने लक्ष्य राखेको बताए।

त्यसतै जिल्ला भरि ७४ वटा खोप के न्द्र स्थापना गरेर सेवा दिएको प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट ले बताउनुभयो।अहिले कोरना संक्रमण धेरै मात्रामा नियन्त्रण गर्न सकिएको उहाले बताउनु भयो।
खोपको असर नभएको भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।डोटी जिल्ला ९ वटौ स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरेकाले सबै ठाउबाट सेवा निरन्तरता रहेको बताउनु भयो।संक्रमण बढन नदिनका लागि सबैको हातेमालो हुनु पर्ने उहाले बताउनु भयो।
कार्यक्रम मा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ले रोग संग हेलचेक्राइँ गरेमा कारण ठुलो धन जन को क्षेति हुने भएकोले कोहि कसैले पनि त्यसतो नगर्न अनुरोध गरेकि छन । नगर पालिका ले भौतिक बिकास लाइ कम गरेर नगरबासीको जिउको सुरक्षा का लागि बजेट खर्च बढि गरेकाले सरकारको नियम पालना गरेर कोरना रोक्न सबैलाइ अनुरोध गर्नु भएको छ। बरु धुम्रपान मध्यपान जस्ता चिजमा हुने अनावश्यक चिज सेवन गर्नु भन्दा त्यसलाइ घटाएर माक्स भने अनिबार्य लगाउन नगर प्रमुख मन्जु मलासी ले बताउनुभयो।
कार्यक्रम को समापन गर्दै कार्यकारी अधिकृत खेम राज गुरुङ ले स्मार्ट हेल्थ डेस्क बाट जनताले जति सक्दो बढि भन्दा बढि फाइदा लिन सक्ने बताउनु भयो।
