समाजवादी प्रेस सङ्गठन नेपाल डोटीको अध्यक्षमा जोशी चयन

डोटी : समाजवादी प्रेस सङ्गठन नेपाल डोटीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधवार शैलेश्वरी गेस्ट हाउस सिलगढीको हलमा सम्पन्न भेलाबाट नवराज जोशीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

कमिटीको अध्यक्षमा जोशी, उपाध्यक्ष अमृत बहादुर वली, महिला उपाध्यक्षमा नन्ना देवी (कल्पना) ठकुल्ला, सचिवमा विमल रोकाया, सह–सचिवमा रामबहादुर बिक र कोषाध्यक्षमा अस्मिता बिक सर्वसम्मत चयन भएका छन् ।

Sayalb

सदस्यहरूमा निर्मला खत्री, वर्षा रावत, स्मृति रावल, दीपेन्द्र धामी, कल्पना नेपाली, प्रतीक्षा धामी, प्रेम भण्डारी, कल्पना कठायत, विजय क्षेत्री चयन भएका छन् । भेलाले प्रदेशका लागि ३ जनाको नाम सिफारिस गरेको छ । जसमा शिव बहादुर ओली, पुष्पा श्रेष्ठ र शालिभान साउद रहेका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल डोटीको जिल्ला कमिटीमा चयन भएका विमल रोकाया र कल्पना नेपालीले प्रेस चौतारी र शालिभान साउदले प्रेस युनियन परित्याग गरेका हुन् ।

Shaileshwori
Loading...