बुधवार डोटीका १५ जनामा कोरोना पुष्टि

डोटी : डोटीमा बुधवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।
यो सँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । सक्रिय कोरोना सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

डोटीमा एक लाख ५ हजार ४९ जनाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने एक लाख २६ हजार ३ सय ५६ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
