खप्तड, बडीमालिका हेली टुरको शुभारम्भ

तेजु ओली, डोटी

खप्तड, बडीमालिका हेली टुरको शुभारम्भ भएको छ । आइतबार (आज) बाट सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तड र बडीमालिका लगायतका क्षेत्रहरूमा हेलिकोप्टर मार्फत गुम्न गर्न पाइने भएको छ । जसले गर्दा विश्व महामारी रूपमा फैलिएको कोरना भाइरसले धरापमा रहेको पर्यटकीय क्षेत्र चलायमान हुने देखिएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम तथा होटेल व्यवसायी महासङ्घ सुदूरपश्चिमको सहकार्यमा ’टुर प्याकेज’ सार्वजनिक भएको हो ।

हिउँदको समयमा हिउँ परेर खप्तड र बडीमालिका रमणीय भएकाले भ्रमण गर्न चाहनेका लागि यो कार्यक्रम ल्याइएको हो । १० दिन सम्म सञ्चालन हुने हेल टुरमा कम्तीमा ३ सय ५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका अवलोकन गराउने लक्ष्य नाटा सुदूरपश्चिमको छ । प्याकेजमा खप्तड घुम्न चाहानेलाई दिपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकप्टरले लैजाने र ल्याउने छ । घुमफिरमा जाने यात्रुहरूले स्थानको हिसाबले १२ हजारदेखि ४० हजार रुपैयाँसम्म प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने छ ।

Sayalb

दिपायल, खप्तड, दिपायलसम्मको १२ हजार ( प्रति व्यक्ति), झिग्राना, खप्तड, झिग्राना (एक रात खप्तडमा बास) १२ हजार, धनगढी /महेन्द्रनगरबाट झिग्राना सम्म दुई तर्फी गाडी र झिग्राना खप्तड झिग्राना हेलिटुर (२ रात ३ दिन) गरेर २७ हजार (प्रति व्यक्ति) चार्ज लाग्ने भएको छ । त्यसतै दिपायल, बडीमालिका, दिपायल ३० हजार (प्रति व्यक्ति), साँफेबगर, बडीमालिका, साँफेबगर २४ हजार, साँफेबगर, खप्तड, साँफेबगर १४ हजार, दिपायल, खप्तड, बडीमालिका, दिपायल ३५ हजार, दिपायल, खप्तड, दिपायल (भारतीय नागरिक)१६ हजार, दिपायल, खप्तड, बडीमालिका, दिपायल (भारतीय नागरिक)  ४० हजारमा भ्रमण गर्न सकिने छ ।

खप्तड क्षेत्र पर्यटकीय, धार्मिक, आध्यात्मिक रूपमा राम्रो भएकाले यस क्षेत्रमा एक चोटि घुम्नै पर्ने शैलेस्वरी मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष प्रेम सङ्कर भट्ट ले बताउनुभयो। पर्यटन व्यवसाय कोरनाको कारण अस्तव्यस्त रहेकाले यो टुरले चलायमान हुने प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले बताउनुभयो ।

Shaileshwori
Bolpatra
Loading...