२७ औँ जनयुद्ध दिवस डोटीमा पनि मनाइयो

टेक साउद, डोटी

२७ औँ जनयुद्ध दिवस डोटीमा पनि मनाएको छ । आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी) जिल्ला कमिटी डोटीको आयोजनामा एक औपचारिक कार्यक्रम गरी पहिलो सहिद दिल बहादुर रम्तेलको तस्बिरमा माला लगाई ज्ञात अज्ञात सहिदहरूको सम्झना गरी दिवस मनाइएको अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष प्रकाश जोशीले जानकारी दिनुभयो।

Sayalb

फागुन एक गते अर्थात् आजकै दिनबाट तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २७ औँ जनयुद्ध दिवस मनाइएको हो । विक्रम संवत् २०५२ साल फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

२०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । तत्कालीन नेकपा ९माओवादी०ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो । कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी, प्रदेश कमिटी, नगर कमिटी, गाउँ कमिटी बाट प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...