चवरा चौतारामा प्रसूति भवनको उद्घाटन

डोटी : बोगटान फुड्सिल गाउँपालिका– ७ चवरा चौतारामा प्रसूति गृहको उद्घाटन गरिएको छ । गाउँपालिकाको केन्द्र चवरा चौतारा स्वास्थ्य चौकी अन्तरगत दुई कोठे प्रसूति भवन गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।

गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रूपको विकास गर्ने तयारीमा रहेको अवस्थामा प्रदेश सरकारबाट प्रसूति भवन निर्माणले गाउँपालिकाको योजनामा सहयोग भएको अध्यक्ष गड्सिलाले बताए ।

Sayalb

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको २५ लाख लगानीमा प्रसूति गृह निमार्ण गरिएको हो । सुविधा सम्पन्न प्रसूति गृह निमार्ण भएपछि सेवाग्राहीलाई सहज हुने स्वास्थ्य चौकी इन्चार्ज प्रकाश विकले बताए । सुत्केरीका लागी र कुरुवाका लागी समेत छुट्टाछुट्टै कोठा रहेको नयाँ भवन निर्माण गरिएको हो ।

Shaileshwori
Loading...