डोटीका दुई पालिकाले खोज र खोप अभियानलाई तीव्रता दिँदै

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकाले पूर्ण कोभिड खोप युक्त पालिका घोषणा गर्न पालिका भित्र कोभिड खोप लगाउन छुटेकाहरूको तथ्याङ्क खोजी गरी तिनीहरूलाई खोप लगाउने अभियानलाई तीव्रता दिएका छन् । 

नगरपालिकालाई समयमै पूर्ण कोभिड खोप युक्त पालिका घोषणा गर्न स्वास्थ्यकर्मी, स्वयम सेविका र जनप्रतिनीहरु, सहयोगी सङ्घ संस्था विभिन्न योजना बनाई अभियानलाई अघाडी बढाईएकोे दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारीले बताए । उनले भने हामीले कुन वडामा कतीजनाले खोप लगाएको छैन तथ्याङ्क सङ्कलन गर्नुका साथै छुटेकाहरूलाई खोप लगाउने कार्यलाई पनि निरन्तरता दिएको छौ, हामीलाई युनिसेफको सहयोगमा बास नेपालले सहयोग गरेर पालिकाका भित्र रहेका अलि बिकट ४ वटा वडाको तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गरेको छ, ती वडाहरूको पूर्ण तथ्याङ्क आई सकेको रतिनीहरुलाई खोप लगाउने कार्य पनि अन्तिम चरणमा पुगेको बताए । अरू वडाको अवस्थाको बारेमा स्वास्थ्य कर्मिहरुहरु सँग नियमित रूपमा छलफल भइरहेको समेत शाखा प्रमुख भण्डारीले बताए । 

जोरायल गाउँपालिकाले पनि कोभिड खोप लगाउन छुटेकाहरूको तथ्याङ्क संकलनगर्ने कार्यलाई योजनाबद्ध रूपमा निरन्तरता दिई रहेको जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द बहादुर बिस्टले बताए । उनले भने हामीले स्वास्थ्य कर्मीहरू मार्फत खोप लगाउन छुटेकाहरूलाई जानकारी गराई छुटेकाहरूलाई प्रत्येक वडामा साताको सोमबार खोप लगाउने कार्य नियमित रूपमा सञ्चालन गरिरहेका छौ अबको २, ३ दिनभित्र छुटेकाहरूको तथ्याङ्क सङ्कलन गर्न घरदैलो अभियान सञ्चालन गर्ने योजना बनाई सकेको समेत शाखा प्रमुख बिष्ठले बताए । जोरायल गाउँपालिकालाई चैत्र महिलाभित्र पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको समेत बताए । 

Sayalb

दिपायल सिलगढी नगरपालिकाको पूर्ण खोप युक्त पालिका घोषणा गर्ने योजनालाई सहयोग गर्न पालिका सँग समन्वय गरी बास नेपालले पालिकाको वडा नम्बर १, ५,८ र ९ माखोप लगाउन छुटेकाहरूको घरदैलो कार्यक्रम मार्फततथ्यांक सङ्कलन गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । अधिकृत मौनिका अनुसार वडा नम्बर १ मा १ सय ९७जना, वडा नम्बर ५ मा ५७जना, वडा नम्बर ८ मा१ सय ५४जना र वडा नम्बर ९ मा६८ जना खोप लगाउन छुटेका थिए छुटेकाहरूको विवरण पालिकाको स्वास्थ्य शाखालाई उपलब्ध गराई पालिकाले छुटेकाहरूलाई खोप अभियान संचालनगरी ९५ प्रतिशतभन्दा बढीले खोप पाईसको समेत बताए। आगामी दिनमा जोरायल गाउँपालिकामा पनिछुटेकाहरुको तथ्याङ्क सङ्कलन गर्न युवा स्वयमसेवकहरु परिचालन गर्न पालिकासँग समन्वय भइरहेको बताए । 

दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मङ्गलवार सम्म दिपायल सिलगढी नगरपालिकामा पहिलो डोज लगाउनेहरूको सङ्ख्या करिब ८६ प्रतिशत भन्दा बढी र दोस्रो डोज लगाउनेको सङ्ख्या करिब ७७ प्रतिशत भन्दा बढी पुगेको जानकारी दिएका छन् । पालिका भित्र पहिलो डोज र दोस्रो डोज लगाउन छुटेकाहरूलाई खोप लगाउन नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा नियमित खोप अभियान सञ्चालन भइरहेको समेत पालिकाले जानकारी दिएको छ । 

जोरायल गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मङ्गलवार सम्म पहिलो डोज लगाउने सङ्ख्या करिब ७० प्रतिशत भन्दा बढी र दोस्रो डोज लगाउनेको सङ्ख्या करिब ६८ प्रतिशत भन्दा बढी पुगेको जानकारी दिएका छन् । पहिलो र दोस्रो खोप लगाउन छुकेकाहरुलाई  फागुन ९ गते देखि नियमित रूपमा खोप अभियान सञ्चालन भईरहको समेत  जानकारी दिएको छ । 

Shaileshwori
Loading...