
तेजु ओल/डोटी- नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिका कमिटीका उपाध्यक्ष रण बहादुर नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा (एमाले) आदर्श गाउँ पालिका कमिटीको बिस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेला कार्यक्रममा उनि सहित दर्जनौ नेताहरुले नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको नेकपा एमाले डोटीका अध्यक्षले जानकारि दिनु भएको छ ।

आज नेकपा ९एमाले० आदर्श गाउँ पालिका कमिटीको बिस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेला कार्यक्रम मा आगामी बैशाख ३० गते हुन गैरहेको स्थानिय चुनाव मा प्रतिस्पर्धी पार्टी हरु सङग के कसरी चुनाव जित्न सकिन्छ भन्ने बिषयमा छलफल गरीएको थियो । नेकपा एमाले ले विगत जस्तै गाउँ पालिका मा फेरी पनि चुनाव जित्न सबै ले एकजुट भई लाग्नु पर्ने र जनता सामु स्थानिय तहले गरेका सकारात्मक कामको जानकारी दिनु पर्ने नेताहरुले बताएका छन्।
अहिले सम्म पार्टी माभएका विवादित विषय लाई भुलेर सबै नेता तथा कार्यकर्ता हरुले चुनाव को लागी तयारीमा रहन आवश्यक रहेको पार्टी अध्यक्ष चक्रबहादुर मल्लको भनाई रहेको थियो । उक्त कार्यक्रम गाउँ पालीका को केन्द्र मौवामा सम्पन्न भएको हो।
