शैलेश्वरी मन्दिर सरसफाइ गरि मनायो मिसन टु सपोर्ट डोटीले प्रजातन्त्र दिवस

डबल बम/डोटी – ७२ औं प्रजातान्त्र दिवस मिसन टु सपोर्ट डोटीले सरसफाइ कार्यक्रम गरि मनाएको छ । डोटी जिल्लाको दिपायल सिलगढि नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरि मन्दिरको सरसफाइ गरेको छ ।

 

Sayalb

उक्त मन्दिर परिसर सफाइ गरेको छ । मिसन टु सपोर्ट डोटी जिल्लाका सदस्यहरु मिलि मन्दिर सरसफाइ गरेको मिसन टु सपोर्ट डोटिका उपाध्यक्ष आर्यन ओलीले बताउनु भएको छ ।


“जहाँ लाग्छ नेपालीलाई चोट, त्यहाँ पुग्छ मिसन टस सपोर्ट” भन्ने मुल नाराका साथ स्थापना भएको यस गैर सरकारि संस्थाले यस्ता थुप्रै सामाजिक काम गर्दै आइरहेको छ । अझ पनि यस्ता कार्य निरन्तर गरिरहने उपाध्यक्ष ओलिले बताएका छन ।

Shaileshwori
Loading...