
डोटी -पर्यटन प्रवर्द्धन गर्नको लागी ‘खप्तड बडीमालिका हेली टूरको व्याबस्था गरिएको छ । मंसिर एक गतेबाट हेलीटुरको व्याबस्था गरिएको होटेल व्यावशायी संघ सुदुरपश्चिम प्रदेस अध्यक्ष तथा हेली टुर आयोजक दिपक बहादुर खड्काले जानकारी दिएका छन् । घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।
१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ ।प्याकेजमा खप्तड घुम्न चाहनेलाई दीपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ ।
गत वर्ष दिपक खड्काकै पहलमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेर करिब २० दिन हेली टूर प्याकेज नै ग¥यो । गत वर्षको प्याकेजमा सफलता प्राप्त भएपछि यो वर्ष पनि सुदूरपश्चिमका प्रमुख पर्यटकीय क्षेत्र खप्तड र बडीमालिकाका लागि हेली प्याकेज सार्वजनिक गरिएको छ ।
यस पटकको प्याकेजमा दिपायल(खप्तड(दिपायल हेली चार्ज प्रतिव्यक्ति १२ हजार रुपैयाँ तोकिएको छ भने झिग्राना(खप्तड(झिग्राना हेली चार्ज ९ हजार ५ सय रुपैयाँ १ रात खप्तड होमस्टेको बाससहित प्रतिव्यक्ति १२ हजार तोकिएको छ । त्यसमा पनि ५ जना अनिवार्य हुनुपर्ने नाट्टाले जनाएको छ ।
झिग्राना(खप्तड र फेरि झिग्रानामा १ रात खप्तडमा बाससहित प्रतिव्यक्ति २२ हजार रुपैयाँ तोकिएको छ । धनगढीरमहेन्द्रनगरदेखि झिग्रानासम्म दुुई तर्फी गाडी र झिग्राना(खप्तड(झिग्राना हेली २ रात ३ दिनको प्रतिव्यक्ति २७ हजार रुपैयाँ तोकिएको व्यवसायी दीपक खड्काले बताए ।

उनका अनुसार दिपायल(बडीमालिका(दिपायल हेली चार्जको प्रतिव्यक्ति ३० हजार रुपैयाँ तोकिएको छ भने दिपायल(खप्तड(बडीमालिका(दिपायल एकै पटक प्रतिव्यक्ति ३५ हजार रुपैयाँ तोकिएको उनले बताए । त्यसै प्याकेजमा भारतीय पर्यटकलाई दिपायल(खप्तड(दिपायल प्रतिव्यक्ति १६ हजार रुपैयाँ र दिपायल(खप्तड(बडीमालिका(दिपायल प्रतिव्यक्ति ४० हजार रुपैयाँ तोकिएको छ ।
अछामको साँफेबगरबाट पनि हेली टूरको प्याकेज सार्वजनिक गरिएको छ । साँफेबगरबाट बडिमालिका जाने र फर्किने पर्यटकका लागि प्रतिव्यक्ति २४ हजार रुपैयाँ तोकिएको छ । जसमा २० जना अनिवार्य हुनुपर्ने व्यवसायी खड्काले बताए । साँफेबगरदेखि खप्तडको भने १४ हजार रुपैयाँ तोकिएको छ ।
पर्यटक प्रवर्द्धन गर्न पर्यटकीय क्षेत्रमा भौतिक संरचनासमेत प्रर्याप्त हुनुपर्ने नेपाल नाट्टाका अध्यक्ष अच्युत गुरागाँईंले बताए । उनले भने, ‘एक पटक भ्रमणमा गएको पर्यटक दोस्रो पटक पनि जाने वातावरण हुनुपर्छ । त्यसका लागि सबै निकायले गम्भीर रुपमा सोचेर भौैतिक संरचना पर्याप्त बनाउनुपर्छ ।’
सुविधा भएको ठाउँमा पर्यटकहरुको ओइरो लाग्ने उनले बताए । हेली टूरका लागि पनि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायहरु मिल्ने हो भने वर्षभरि नै हेली सञ्चालन गर्न सकिने उनले बताए । गत वर्ष पनि नाट्टा सुदूरपश्चिमको आयोजनामा माघ १४ देखि फागुन ६ गतेसम्म खप्तड(बडीमालिका हेली प्याकेज सञ्चालन गरिएको थियो । सो प्याकेजमा ३५० जनाभन्दा बढी पर्यटकले बडीमालिका र खप्तडको अवलोकन गरेका थिए ।
फोटो साभार: खप्तड होमस्टे फेसबुक पेज
