
बोगटान फुड्सिल गाउँपालिकामा सचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । आइतबार ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बोगटान फुड्सिल गाउँपालिकाको आयोजना हुन लागेको कार्यक्रम संयोजक सुनिल विश्वकर्माले जानकारी दिनु भएको छ ।
उक्त सचेतनामूलक सांस्कृतिक महोत्सवमा मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत समेत रहेकी कलाकार रेखा जोशीका साथै स्थानीय कलाकारहरूको उपस्थिति हुने भएको छ ।
एक दिन मात्रै चल्ने उक्त सचेतनामूलक सांस्कृतिक महोत्सव बोगटान फुड्सिल गाउँपालिका–७ सुकाटीमा सञ्चालन हुने भएको छ । गाउँपालिकाभरिका माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहने उक्त कार्यक्रममा स्थानीयको उपस्थिति रहने परियोजनाका फिल्ड संयोजक गीता जिसीले बताउनु भएको छ । भोलि नै पितरमणे खानेपानी उपभोक्ता समितिको आयोजनामा सुकाटी गाउँलाई पूर्ण सरसफाइ योजना क्षेत्र घोषणा कार्यक्रम पनि गरिने भएको छ ।

स्वच्छ खानेपानी र पूर्ण सरसफाइ को क्षेत्रमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गाउँपालिकामा लामो समय देखीकाम गर्दै आएको छ ।
