Before Header
After Navigation

महाशिवरात्री तथा सेना दिवस २०७८ भलिबलको उपाधी बाहिनी अड्डा डोटीलाई

मोहन ठकुल्ला/डोटी- महाशिवरात्री तथा सेना दिवस २०७८ को भलिबलको उपाधी श्री ५ नम्बर बाहिनी अड्डा डोटीले हात पारेको छ ।


महाशिवरात्री तथा सेना दिवस उपलक्ष्यमा श्री रूद्रध्वज गणले हरेक वर्ष संचालन गर्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा जिल्ला खेलकुद समिति डोटीलाई पराजित गर्दै श्री ५ नम्बर बाहिनी अड्डा डोटीले जित हासिल गरेको हो ।

सिलगढी टुडीखेलमा आज भएको फाईनल जित्दै बाहिनी अड्डा डोटीले प्रथम पुरस्कार स्वरुप नगद रू २०,००० हजार ,खसि,ट्रफी र मेडल सहित प्रमाणपत्र, त्यस्तै उपविजेता जिल्ला खेलकुद समिति डोटीलाई नगद १५ हजार मेडल, ट्रपि, प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Sagan sahari bhawan nirman aayojana

   

हिजोबाट सुरूभएको उक्त भलिबल प्रतियोगितामा चार टिमको सहभागिता रहेको थियो । जसमा डोटी बहुमुखी क्याम्पस सिलगढी डोटी , जिल्ला खेलकुद समिति डोटी , श्री रूद्रध्वज गण सिलगढी ,श्री ५ नम्बर वाहिनी सहभागी रहेका थिए ।

जिल्लामा रहेका खेलाडिहरूको पहिचान र भलिबल खेलमा केही उपलब्धि पुगोओस भनेर उक्त प्रतियोगिता गरेको जिल्ला सेनानी प्रमुख निराकरण पोखरेलले बताउनु भएको छ ।

Shaileshwori
Loading...