एकीकृत समाजवादी पार्टीको बोगटान फुड्सिल गाउँपालिका संयोजकमा साउँद

डोटी : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बोगटान फुड्सिल गाउँपालिका संयोजकमा गणेशबहादुर साउद चयन भएका छन् । समाजवादी पार्टीको सङ्गठन बिस्तार गर्ने सिलसिलामा संयोजकमा साउँद र सह–संयोजक दिपबहादुर बम रहने गरी ११ सदस्यीय समिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनु भएको छ ।

Sayalb

एकीकृत समाजवादी पार्टीको सङ्गठन बिस्तार कार्यक्रम तीव्रताका साथ सञ्चालन गरिने अध्यक्ष बोगटीले बताउनु भएको छ । जिल्लाका अन्य पालिकामा सङ्गठन बिस्तार गरेको एकीकृत समाजवादी पार्टीले बोगटान फुड्सिल गाउँपालिकामा पनि बिस्तार गरिएको हो ।

Shaileshwori
Loading...