
मोहन ठकुल्ला, डोटी
सिड नेपाल डोटीद्वारा जिल्ला अस्पताल डोटीलाई ३० केवि क्षमताको जेनरेटर हस्तान्तरण गरिएको छ । आज अस्पतालमै पुगेर उक्त जेनरेटर हस्तान्तरण गरिएको सिड नेपाल डोटी अध्यक्ष यज्ञराज जोशी बताउनु भयो । आपत्कालीन समयमा सहज होस् भन्ने हेतुले अस्पतालमालाई सो जेनरेटर सहयोग गरिएको अध्यक्ष जोशीको भनाइ छ ।


अस्पतालमा भएको पुरानो जेनरेटरले नधानेको अवस्थामा बढी क्षमता भएको जेनरेटरको आवश्यकता भएकाले माग गरिएको जिल्ला अस्पताल डोटीका एमडिजिवी डाक्टर नीराजन श्रेष्ठले बताउनु भयो । सिड नेपालले स्थापनाकाल देखि नै स्वास्थ्य क्षेत्रमा विभिन्न स्वास्थ्य सम्बन्धी सामाग्री सहयोग गर्दै आएको छ ।
