प्रादेशिक सुशासन केन्द्रमा मनाइयो नारी दिवस 

११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवस प्रादेशिक सुशासन केन्द्र पुन्नाले एक कार्यक्रम गरेर मनाएको छ । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
Sayalb
संविधान ऐन कानुनमा भएको व्यवस्थाका कार्यान्वयनमा आउन सके महिलाको मुद्दाको व्यवहारिक रूपमा कार्यान्वयन हुने सुशासन केन्द्रका निर्देशक पदमराज जोशीले बताउनु भएको छ । नारी दिवसको शुभकामना व्यक्त गर्दै संविधानमा महिला अधिकारका  विषयहरू पर्याप्त भए पनि व्यवहारिक कार्यान्वयनमा अझै समस्या रहेको जेसी विज्ञ इन्दिरा श्रेष्ठले बताउनु भएको छ । तालिममा सहभागी र पन्नामा कार्यरत कर्मचारी र स्थानीय सहभागी भएर अन्तरक्रियात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
Shaileshwori
Loading...