
डोटी – मंगलबार बाट बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका-६ का १६ वर्षीय विनोद विक अझै फेला परेका छैनन।

उनी घरमा आमा बुबाबीच सामान्य झगडा हुँदा राति १० बजे घरबाट निस्केका बताइएको छ। विनोदका बुबा भक्त विकले छोरासँग मोबाइल पनि नभएको र आफन्त तथा उनका साथीभाइसँग बुझ्दा कहीँ पनि नभेटिएका बताए।
विनोदलाई कसैले कहीँ कतै देखे नजिकको प्रहरी कार्यालय वा ९८४०८५९५८० मा सम्पर्क गरी खबर गरिदिन उनका बुबाले अनुरोध गरेका छन्।
