
नारद नेपाली, डोटी
दिपायल सिलगढी नगर पालिकामा नगर स्तरीय मुक्त हलिया सञ्जालको त्रैमासिक बैठक सम्पन्न भएको छ । सम विकास केन्द्र (इडिसी) नेपालद्वारा सञ्चालित “नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना“को सहकार्यमा नगर पालिकामा रहेका मुक्त हलियालाई सशक्त बनाउने उदस्यले कार्यक्रम गरिएको हो । सरकारले हालया मुक्ति गरेको लामो समय भएता पनि सबै हलियाहरुले परिचय पत्र नपाएको, पाएकाहरूले भोगचला गर्न नपाएकोले ती समस्याको समाधान गर्न परियोजनाले काम गरिएको कार्यक्रम संयोजक शङ्कर विकले बताए ।

हलियाका विभिन्न समस्यालाई समाधान गर्न हलिया मैत्री कार्यक्रम बनाउन सरकारलाई दबाब दिन विभिन्न कार्य गरिरहेको उनको भनाई छ । नगर कमिटीका अध्यक्ष देव विकको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकामा रहेका हलियाहरुको समस्यालाई बुझी उनीहरूको हितको लागि काम गर्न र हलियालाई सबै क्षेत्रमा सशक्त बनाउने कार्य गर्नुपर्नेमा सहभागीहरूले जोड दिए ।
नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना डोटी जिल्लामा रहेका तिन ओटा स्थानीय तहमा लागु छ । जसमा दिपायल सिलगढी नगर पालिका र सायल गाउँपालिकाका ४/४ वडा र शिखर नगर पालिकामा रहेका सात ओटा वडामा हलियाका क्षेत्रमा काम गरिरहेको छ ।
