Before Header
After Navigation

बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर चार द्धारा विद्यालयलाई कम्प्युटर बितरण

डबल बम/डोटी – बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर चार द्धारा विद्यालयलाई कम्प्युटर बितरण गरिएको छ । गाउँपालिकाका वडा नम्बर चारमा रहेका आधारभूत बिधालयलाई कम्प्युटर, प्रिन्टर तथा ल्यापटप बितरण गरेको वडा नम्बर चारका अध्यक्ष दिप बमले जानकारि दिनुभयो।

Sagan sahari bhawan nirman aayojana

चार नम्बर वडा भित्र रहेका बेतालेश्वर आधारभुत बिधालय ,डौडा नवदुर्गा आधारभुत बिधालयलाई १/१ थान कम्प्युटर , प्रिन्टर मेसिन, त्यस्तै गौणेँ मसानि आधारभुत बिधालय, मसानिदेब आधारभुत बिधालय र सउँडी आधारभुत बिधालयलाई १/१ थान ल्यापटप बितरण गरेको अध्यक्ष  बमले बताउनु भयो ।

बढ्दो प्रबिधिको बिकासलाई मध्यनजर राख्दै शिक्षकको सहज शिक्षण तथा बिधार्थि को सिकाइ छिटो छरितो र ब्यवहारमुखि बनाउनको लागि उक्त सामाग्री बितरण गरेको वडा अध्यक्ष बमले बताए ।

Shaileshwori
Loading...