महिला स्वयंसेविकाहरूका लागि सञ्चालित १० दिने आधारभूत तालिम सम्पन्न

डोटी : बोगटान फुड्सिल गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय डोटीको सहयोग र बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको तालिम बिहीबार सम्पन्न भएको हो ।
चैत्र १ गते केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको तालिममा सिमचौर, कानाचौर र केदार अखडा गरी ३ वटा वडाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागी रहेको थियो । यस्तो तालिम महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका छनोट भएपछि दिइन्छ तर विगत केही वर्ष यता विभिन्न कारणले तालिम हुन सकेको थिएन ।
Sayalb
तालिमले सीप तथा ज्ञान अभिवृद्धि गरी समुदायमा सामान्य रोगको उपचार तथा परामर्श, खोप, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व जस्ता महत्त्वपूर्ण कार्यक्रमको बारेमा बृस्तृत रूपमा छलफल गरिएको थियो । सहभागीहरूले आफू ५–१० वर्ष देखी काम गरेको तर केही महत्त्वपूर्ण कुरा थाहा नभएको र तालिमले आफूलाई धेरै कुरामा  पोख्त बनाएकोले काम गर्दा राम्रो सेवा दिन सकिने बताएका छन् । अ.हे.शिशिर बोगटी, सिनियर अ.हे.व  कृष्ण साउद र गोरख बुढा, हे.अ पारस बोहरा र सामुदायिक स्वास्थ्य अधिकृत तपेस खड्काले तालिममा प्रशिक्षण गर्नुभएको थियो ।
Shaileshwori
Loading...