माओवादीमा प्रवेस गरेका वडा अध्यक्ष खडका पुनः एमालेमा फर्किए

डोटी –नेकपा माओवादीमा प्रवेस गरेका वडा अध्यक्ष बहादुर सिं खड्का पुनः एमालेमा फर्किएका छन् । आइतबार मात्रै माओवादी प्रवेश गरेका उनी दिपायल सिलगढी नगरपलिका वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष हुन् ।
२०७४ सालको निर्वाचन बाट बिजय भई डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं एमाले नेता बहादुर खड्काले नेकपा माओवादी केन्द्रमा प्रवेश नगरिको दाबि गरेका छन् । योजनाको माग गर्न मुख्य मन्त्री निबास दिपायल पुगेको समयमा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निवासमा टीका माला लाएर स्वागत गरेको फोटो देखाएर माओवादी प्रवेश गरेको भनी आफ्नो बदनाम तथा चरित्र माथि दाग लगाउने काम गरेको भन्दै आपत्ति जनाएका छन् । यद्यपि हिजो मात्रै उनी नेकपा माओबादीमा प्रवेश गरेको अवर विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो ।

पार्टी कामको शिलशिलामा डोटी आएका मुख्यमन्त्री भट्टसङ्ग आफ्नो वडाको ‘देउसिने सिचाइ कुलो’ निर्माणका लागि बजेट माग गर्दै शनिबार साँझ मुख्यमन्त्री भट्टको निवास राजपुर गएको बेला निवासमा आफू सहित परिवारलाई स्वागत गरेर लगाएको टीका माला सहितको फोटो देखाएर बदनाम गरेको भन्दै वडा अध्यक्ष खड्काले आइतबार विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरेका हुन ।

Sayalb


टीका माला लगाएको फोटो माओवादी केन्द्रका कार्यकर्ताले भ्रमपूर्ण समाचार सहित फेसबुकमा राखेर पार्टी प्रवेश गरेको भन्दै गलत प्रचार गरेकोमा वडा अध्यक्ष खड्काले पत्रकार सम्मेलन गर्नु परेको उहाले बताउनु भयो ।

एमाले डोटीका अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, सचिव शेर बहादुर मल्ल, एमाले दिपायल सिलगढी नगर कमिटी अध्यक्ष एवं वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर बिष्ट, वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहरा, वडा नम्बर ९ का वडा अध्यक्ष धर्म बहादुर साउँद लगाएत जिल्ला तहका नेता कार्यकर्ता समेतको उपस्थितिमा उनले पत्रकार सम्मेलन गरेका हुन् ।

Shaileshwori
Loading...