
डोटी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले डोटी जिल्लाका माद्यामिक विद्यालयमा कमिटी गठन कार्यलाई तीव्रता दिएको छ । मङ्गलवार मात्र जिल्लाका विभिन्न पालिकाका ६ ओटा विद्यालयमा विद्यालय कमिटी विस्तार गरेको अखिल क्रान्तिकारी डोटी जिल्ला अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

केआई.सिंह. गाउँपालिका वडा नम्बर ६ फलेडिमा रहेको श्री छत्रेश्वर माद्यामिक विद्यालयमा भीम जैसीको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा पवित्रा धामी, डम्बर सिं धामी, सचिवमा मनिश जैसी, सहसचिवमा जयराज जैसी, कोषाध्यक्षमा सरिता धामी र सीता जैसि चयन भएका छन् ।

केआई.सिंह. गाउँपालिका वडा नम्बर ६ फलेडिमा रहेको श्री देवस्थल माद्यामिक विद्यालयमा देवराम जैसीको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रमेश जैसी, सचिवमा धना सिंह, सहसचिवमा रोशन नेपाली, कोषाध्यक्षमा यशोदा बलायर चयन भएका छन् ।


बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ मा रहेको जोराघाट माद्यामिक विद्यालयमा माया बिक को नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा तेज बहादुर कुवर, डिल बहादुर साउद र भावना नेपाली, सचिवमा नरेन्द्र कुवर, सहसचिवमा इन्द्र कुवर, केशव दमाई, हर्क बहादुर बोहरा, भानुभक्त बिनाडी र सेर बहादुर बोहरा, कोषाध्यक्षमा गोविन्द बि।क चयन भएका छन् ।

दिपायल सिलगढी नगरपालिकामा रहेको दिल्पेश्वर माद्यामिक विद्यालय दिपायलमा दीपक कठयताको अध्यक्षतामा २८ सदस्यीय कमिटी गठन भएको छ ।
अखिल (क्रान्तिकारी) केदारेश्वर माध्यमिक विद्यालय शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीमा निशा कार्कीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ ।

अखिल क्रान्तिकारी झिमे मालिका माध्यमिक विद्यालय केआई.सिंह. गाउँपालिका वडा नम्बर ४ मा बासूँ भट्टको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ ।
