जिल्ला अस्पताल डोटीमा कर्मचारीको मनपरि हुदा सेवाग्राही मार्कामा

तेजु ओली/डोटी -सरकारि नियम अनुसार विहान दस बजे भित्र कुनै पनि कार्यालयमा सरकारी कर्मचारीले उपस्थिति भई सक्नुपर्छ तर जिल्ला अस्पताल डोटीमा भने प्रायः जसो चिकित्सकहरु तोकिएको समयमा ओपिडी कक्षमा भेटिदैनन्। जसका कारण सहज रुपमा सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मर्कामा परेका छन् । बिहान छिटो उपचार को लोभले १० बजे पुगेका बिरामी ले १२ बजे सम्म पनि उपचार नपाएर डाक्टर कुर्नु पर्ने वाध्यता सेवा ग्राहिले भोग्नु परेको छ।

जिल्ला को एक मात्रै सबैभन्दा ठूलो सरकारी अस्पताल जिल्ला अस्पतामा सात जना डाक्टर छन् । जसमा ओपिडीमा चारजना छन तर ११ बजे सम्म आउदैन्न आए हाजिर लगायत प्राइभेट मेडिकलमा जाने गरेको स्थानीएको गुनासो छ ।

हामिले १२ बजे अस्पताल पुग्दा ओपिडि कक्षको कुर्सी मा एक जना डाक्टर पनि आफ्नो कक्षमा थिएनन। डाक्टरलाई बिहान १० बजेदेखि जिल्लाको टाढाबाट आएको बिरामीहरु कुरिरहनु पर्ने दैनिकी जसो बनेको छ । डाक्टर नहुँदा आफूहरुलाई मर्का परेको गुनासो स्थानीय निता श्रेष्ठको छ ।

Sayalb

उक्त समस्या का बारेमा जिल्ला अस्पताल डोटी का मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठसँग प्रतिक्रिया लिँदा जिम्मा दिएको डाक्टर सोहन शाहले ओपिडी कक्ष छोडेर गएकोले समस्या भएको स्विकार्दै जानकारी गराउने र नियम बमोजिकम कारवाही गर्ने मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठको भनाइ छ।

डाक्टरले विरामीको उपचारमा ध्यान नदिदा अस्पतालमा आउने विरामीको संख्या घटिरहेको छ । अस्पतालमा कार्यरत ७ जना डाक्टरबीच आपसी मतभेदका कारण विरामी मर्कामा परेका छन । अस्पताल आउनलाइ समेत लामो समयसम्म एम्बुलेन्स सेवा पनि नहुदा झन समस्या खेपिरहेका छन्। एम्बुलेन्स सेवा का लागि पहल गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले बताउनुभयो।

बिरामीले जिल्ला अस्पतालबाट प्रभावकारी सेवा पाउन सकेका छैनन् । अस्पतालमा राम्रो सेवा छैन, रातीको बेला आकस्मिक कक्षमा आउने विरामी डाक्टरको भेटिदैनन् ।

जिल्ला अस्पताल डोटीमा कर्मचारीको मनोमानी र ब्याबस्थापन समितीको मनपरि भएको पाइएको हो। सरकारी कार्यालयमा कर्मचारी समयमा आउदैनन् भन्ने त सबैतिर गुनासो आउँछ। तर जनताको स्वास्थ संग प्रत्येक्ष जोडिएको स्वास्थ क्षेत्रमा पनि यस्तै भेटिएको छ ।

 

 

Shaileshwori
Loading...