

जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपाली नियुक्त भएका छन् । डोटी जिल्लाको सबै भन्दा पुरानो अस्पतालको पहिचान बनाएको जिल्ला अस्पताल डोटीको अध्यक्षमा सायल गाउँपालिका– १ छपाली निवासी एकिकृत समाजवादीको नेता नेपाली नियुक्त भएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रबक्ता पुर्णा जोशीले जानकारी दिनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका सबै अस्पतालहरुमा यस अघी अस्पताल ब्यबस्थापन समिति अध्यक्षहरु नियुक्त गरिएको थियो ।
