दिल्लीमा नेपाल एयरलाइन्सका दैनिक तीन उडान पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधबार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले बैंककमा हप्तामा दुईवटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी अगाडि बढेको जानकारी दिए । आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र मार्च २५ देखि बैंलाेरमा पनि हप्तामा तीनवटा उडान हुने बताए ।

आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजलाई अधिकतम समय उडाउने काम भएको बताए । पहिले ४देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले बताए । खतरायुक्त सामग्रीहरू ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको उनले बताए ।
मन्त्री आलेले क्यासिनोहरूको रोयल्टी र नवीकरण तथा अन्य होटेल व्यवसायबाट दस्तुरमार्फत सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको पनि बताए । रोयल्टी रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उनले बताए ।
नयाँ पत्रिकाबाट साभार
