Before Header
After Navigation

कैलालीमा एक महिलाले गरिन् श्रीमानको हत्या, स्वयम् प्रहरीमा उपस्थित

कैलाली : कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेको घटना बाहिरिएको छ । मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान् नारायण थापामगर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार घरायसी विवादका क्रममा फूमाले हँसियाको प्रयोगबाट श्रीमान नारायणको हत्या गरेकी हुन् । 
श्रीमानको हत्या गरेर फूमा स्वयम् सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा उपस्थित भएकी थिइन् । त्यहाँ उनले श्रीमानको हत्या गरेको बताएको प्रहरीको भनाई छ । यस विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली परिचालन गरेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Sagan sahari bhawan nirman aayojana

फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरूबिच विवाद हुने गरेको थियो । 

Shaileshwori
Loading...