
भदौ ४, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले वनसम्बन्धी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । बडीकेदार गाउँपालिका–२ खरहरका ३५ वर्षीय वीरबहादुर नाम्जाली मगरलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी रणबहादुर चन्दका अनुसार मगरलाई बिहिवार साँझ ६:३० बजे दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित बजारबाट जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला अदालत डोटीको २०८१ असार १७ गतेको फैसलाले वनसम्बन्धी मुद्दामा २७ दिन कैद सजाय तोकेको थियो । फैसलापछि फरार रहेका मगरलाई प्रहरीले खोजी गर्दै आएको थियो । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखिएको र शुक्रवार जिल्ला अदालत डोटीमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

