

कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
मोटरमा जडान गरेको पानीको नल चलाउने क्रममा करेन्ट लाग्दा जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० प्रतिभा टोल बस्ने ४५ वर्षीया बाल देवी खड्काको मृत्यु भएको हो ।
खड्का आइतवार करेन्ट लागेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
