
शिवजी मण्डेल, बझाङ

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान छविसपाथिभेरा गाउँपालिका ३ बावन डाँडाबाट मोरी बगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप दुर्घटना हुँदा ५० वर्षीय चालक जयबहादुर सार्कीको मृत्यु भएको हो ।
माथि बाट आएको ढुङ्गा जिपमाथि खस्दा किन्द्राल भीरमा जिप ४०० मिटर तल सेती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङ जनाएको छ । चालक सार्की छविसपाथिभेरा-३ बामनडाँडाका रहेका पाइएको छ । सार्की आफै गाडी साहु हुन, उनको घटनास्थलमै मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिम खेत ल्याउने तयारी भइरहेको डिएसपी ज्ञानबहादुर विष्टले बताए।
