डोटीमा एसइईका लागी तोकिएका ११ परीक्षा केन्द्रको सम्पुर्ण तयारी पुरा

तेजु ओली/डोटी- डोटीमा एसइईका लागी तोकिएका ११ परीक्षा केन्द्रको सम्पुर्ण तयारी पुरा भएको छ । वैशाख ९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा ११ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाइ डोटीका प्राविधिक सहायक पदम साउदले जानकारी दिनु भयो ।

उहाका अनुसार यस वर्ष डोटी मा ३ हजार ६ सय ७८ जना परीक्षार्थी सहभागी हुनेछन्। नियमिततर्फ ३ हजार ६ सय ४५ जना एक्जाम्टेड (ग्रेडवृद्धि) तर्फ ३३ जना विद्यार्थी सहभागी हुने साउदले बताए। जम्मा विद्यार्थी मध्ये छात्रा १ हजार ८ सय ५० जना र छात्र १ हजार १ सय २८ जना रहेका छन्। कोरोना महामारीका कारण २ वर्षदेखि एसइई हुन सकेको थिएन। आन्तरिक मुल्यांकन का आधारमा भएको परिक्षा ले बिध्यार्थी लाइ नकारात्मक भावना पैदा भएको थियो। यस बर्ष बिध्यार्थी हरुमा भौतिक रुपमा नै परिक्षा दिन पाएकोमा खुशी र उत्साही भएका छन्।

 

डोटीका नौ वटा पालिका मध्य आठ वटा पालिकामा सेन्टर राखिएको छ। दिपायल सिलगढी नगरपालिकामा प.प.मु.ना. मावि सिलगढी, दिल्पेश्वर मावि दिपायल र सुजुङ्ग बोर्डिङ्ग स्कुल राजपुर गरी तीन सेन्टर रहेका छन्।

Sayalb

शिखर नगरपालिकाको राधाकृष्ण मावि गोपघाटमा रहेको छ भने जोरायलल गाउँपालिकाको रामपुर मावि बुडरमा सेन्टर रहेको छ।

बडीकेदार गाउँपालिकाको बर्छैन मावि बर्छैन र दुर्गा मावि लमौते गरी दुई वटा विद्यालयमा सेन्टर राखिएको छ। त्यसैगरी पूर्बीचौकी गाउँपालिकाको सरस्वती मावि सानागाउँ, आदर्श गाउँपालिकाको शारदा मावि मौवा, केआईसिंह गाउँपालिकाको झिमेमालिका मावि दुर्गामाण्डौं, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी माविमा सेन्टर राखिएको छ। डोटीको सायल गाउँपालिकामा भने कुनैपनि सेन्टर राखिएको छैन।

प्राबिधिक शिक्षा पढाई हुने चार वटा विद्यालयहरुको सेन्टर जिल्लाको सदरमुकाम सिलगढीमा रहेको प.प.मु.ना. माविमा राखिएको छ। परीक्षा नियन्त्रण कार्यालयको निति र मापदण्ड अनुसार प्राविधिक शिक्षा पढाइ हुने बिद्यालयको सेन्टर जिल्लाको सदरमुकाममै राख्नुपर्ने भएकाले दुर्गम ठाउँका केही बिद्यालयहरुको सेन्टर सदरमुकाममा राखिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्राबिधिक सहायक टीकाराम जोशीले बताए।

होम सेन्टरमा नरहने नीति नै भएकाले रामपुर मावि, बुडरका बिद्यार्थीहरुको सेन्टर त्यहाँका शिक्षक र अविभावकहरुको सल्लाहरु अनुसारनै जिल्ला सदरमुकाममा सेन्टर राखिएको जोशीले बताए।

वैशाख ६ गते, नै सबै परीक्षा केन्द्रका लागी केन्द्राअध्यक्ष तोकी उनीहरुलाइ अभिमुखीकरण गरिएको प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताउनुभयो।। परीक्षा शान्त, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्नको लागि केन्द्राअध्यक्ष समेत तोकिइएर आवश्यक शुरक्षा ब्याबस्थापन गरिएको उहाले जानकारि दिनु भयो ।

Shaileshwori
Loading...