सेती पुलमा टिकटक र फोटो खिच्नेको घुइँचो

कृष्ण मलासी, डोटी
पछिल्लो समय डोटीको दिपायलमा अवस्थित सेती पुल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । विभिन्न कार्यका लागि डोटी पुगेकाहरु सेती पुलममा टिकटक बनाउन तथा तस्बिर खिच्न पुग्ने गरेका छन् । शुक्रबार साझ साढे ७ बजेको सायमा पनि सेती पुल पर्यटकले भरिभराउ भएको दृश्य देख्न सकिन्थ्यो । भोलि (शनिबार) नेपाल प्रहरीको लिखित परीक्षा भएका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला बाट प्रशिक्षार्थीहरु डोटी पुगेका छन् । यस्तै माद्यामिक शिक्षा परीक्षा एसइइ पनि शुक्रबार बाट सुरु भएको छ । यसका कारण पुलमा पर्यटक बढेको स्थानीय व्यापारी सन्तोष भण्डारीले बताए ।

Sayalb

उसो त अन्य समयमा पनि छिटफुट रुपमा सेतिपुलमा मान्छेहरु सामान्य भिड देखिने गर्छ ।  नयाँ बिबाहित जोडी, प्रेमी प्रेमिकाहरु पनि यहाँ रमाउन पुग्ने गर्दछन् । सेतीको सुसेली सङ्गै पुलमा रमाइला गफ गर्दै बस्ने अफिसियल कर्मचारीको संख्या पनि तेतिकै देखिन्छ। पुलमा रङ रोगन सहित पुल सजावट गरिएको भए पुलको सौर्न्दर्य बढ्ने र पर्यटकको संख्या पनि बढ्ने स्थानीय बताउछन् ।

Shaileshwori
Loading...