
स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ७१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मधेश प्रदेशमा १६ हजार ७४१, लुम्बिनी प्रदेशमा १३ हजार ९५ र प्रदेश नम्बर १ मा १२ हजार ९९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै बागमतीमा ११ हजार ४०२, गण्डकीमा ५ हजार ६१२, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ र कर्णाली प्रदेशमा ५ हजार ५४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
